National life

‘स्टन्ट’बाजीबाट देश चल्दैन बफादारीताका साथ कर्तव्य पूरा गरौँ प्रधानमन्त्री : ओली

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ माघ २०८१, बुधबार
537Shares
‘स्टन्ट’बाजीबाट देश चल्दैन बफादारीताका साथ कर्तव्य पूरा गरौँ प्रधानमन्त्री : ओली
ncell

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै ‘स्टन्ट’बाजीबाट देश नचल्ने बताए। नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यवसायी सम्मेलन, २०२५ को उद्घाटन सत्रलाई बुधवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका छन्।

ओलीले यथार्थमा जनताप्रति इमानदारिता र बफादारीताका साथ सबैले आफ्नो कर्तव्य पूरा गरेर देशलाई भद्रगोल र विपन्नबाट मुक्त बनाउनुपर्ने बताए। राजनीतिक दलहरूको नेतृत्व र जनताको सहभागितामा लोकतन्त्र ल्याइएकाले अब शान्ति सुरक्षा, सुशासन र समृद्धि कायम गर्न सबै पक्ष कटिबद्ध हुनुपर्नेमा प्रधानमन्त्रीको जोड रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘संसद्ले न्यायपूर्ण कानुन बनाउनुपर्छ । सम्बन्धित निकायहरू त्यसअनुसार चल्नुपर्छ । सन्तुलन र नियन्त्रणको सिद्धान्तका साथै लोकतन्त्रमा आफै कानुनको पालना गर्ने अभ्यास अझ आवश्यक हुन्छ’, प्रधानमन्त्री ओलीले भने,

‘देशप्रति साँच्चै इमानदार भएर सुशासनयुक्त, भ्रष्टाचारमुक्त, समृद्ध र सुखी नेपाली बनाउन सकियोस् भनेर सरकार लागिरहेको छ, यसमा कानुन व्यवसायीको सक्रिय साथ रहने मैले विश्वास लिएको छु ।’

प्रधानमन्त्री ओलीले सम्मेलनका निष्कर्षहरू कार्यान्वयनका लागि सरकारबाट तर्फबाट प्रत्याभूति दिँदै युवा कानुन व्यवसायीले न्यूनतमभन्दा कम पारिश्रमिक पाउने अवस्था अन्त्य हुनुपर्ने बताए।

यो समाचार शेयर गर्नुहोस्
537SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?