National life

स्थानीय तह उपनिर्वाचन: आज राति १२ बजेदेखि मौन अवधि सुरु, ४४ पदका लागि मतदान हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ मंसिर २०८१, बिहिबार
525Shares
स्थानीय तह उपनिर्वाचन: आज राति १२ बजेदेखि मौन अवधि सुरु, ४४ पदका लागि मतदान हुँदै
ncell

काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगको भनाई छ ।

मंसिर १६ गते ३३ जिल्लाका ४४ पदका लागि मतदान हुँदैछ। दुई जिल्ला समन्वय समिति प्रमुख, एक/एक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले मत माग्ने वा अरू कुनै पनि किसिममा प्रचारका गतिविधि गर्न पाइँदैन ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार यो अवधिमा उम्मेदवारका अतिरिक्त राजनीतिक दलहरूलाई सभा, सम्मेलन, गोष्ठी, भेला, अन्तरक्रियालगायत गतिविधि गर्न रोक लगाइएको छ। उपनिर्वाचनमा १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएका छन्। निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता रहेका छन् छन् । ४४ पदमध्ये तीन पदमा एकल उम्मेदवारी परेकोले ४१ पदका लागि मात्रै मतदान हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
525SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?