National life

स्थानीय तह उपनिर्वाचन: आज तीन बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ मंसिर २०८१, मङ्गलबार
693Shares
स्थानीय तह उपनिर्वाचन: आज तीन बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने
ncell

काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ। मंगलवार साँझ ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगको कार्यपालिका अनुसार मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उम्मेदवारी दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
693SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?