National life

स्थानीय तह उपनिर्वाचन: ३४ पदको नतिजा बाहिरिँदा काँग्रेस अग्रभागमा (सूचीसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ मंसिर २०८१, सोमबार
1.1kShares
स्थानीय तह उपनिर्वाचन: ३४ पदको नतिजा बाहिरिँदा काँग्रेस अग्रभागमा (सूचीसहित)
ncell

काठमाडौँ । हिजो आइतबार सम्पन्न भएको स्थानीय तह उपनिर्वाचनको नतिजा अधिकांश स्थानको बाहिरिएको छ भने केही स्थानमा आउने क्रम बाकी रहेको छ । हालसम्म ३४ स्थानको मत गणना सकिएर पनि नतिजा बाहिरिएको छ ।

जसमा नेपाली कांग्रेसले १५ वडामा जित हासिल गरेको छ भने नेकपा माओवादी केन्द्रले नगरपालिकाको एक उपप्रमुख, एक गाउँपालिका अध्यक्ष र ४ वडाध्यक्षमा जीतेको छ। त्यस्तै, नेकपा एमालेले एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्षमा जीत हासिल गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता, जसपा नेपालले २ वडा, एकीकृत समाजवादीले १, नेमकिपाले १, रास्वपाले १ र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष पदमा विजयी भएका छन् ।

                                कुन पार्टीले कहाँ जिते ?

कांग्रेस 

१) बझाङको सुर्मा गाउँपालिका- ४ को वडाध्यक्ष धीरेन्द्र पुजारा

२) हेटौडा उपमहानगरपालिका १२ वडा अध्यक्ष अर्जुन प्रसाद तिवारी

३) मुसिकोट नगरपालिका १,आनन्द श्रेष्ठ

४) भीमदत्त नगरपालिका ६ प्रकाश चन्द

५) ठाकुरबाबा नगरपालिका ४ अमिन थारु

६) गढी गाउँपालिका ६ तेतर साहु

७)रुन्टीगढी गाउँपालिका ४ भूपमणि पुन मगर,

८) ईशनाथ नगरपालिका ७ शेख अब्दुल खलिक

९) सानीभेरी गाउँपालिका ५ मोती राम खत्री

१०) कीर्तिपुर नगरपालिका १ इच्छा कुमार महर्जन

११) पूर्वीचौकी गाउँपालिका ६ मोहन थापा

१२) लालीगुराँस नगरपालिका ८ नगेन्द्र लिम्बु

१३) दुहुँ गाउँपालिका ५ धन सिंह कुँवर

१४) कुसे गाउँपालिका ७ खम्ब बहादुर सिँह

१५) राजपुर नगरपालिका ६ मा समसे आलम

नेकपा एमाले :

१) दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष जङ्गबहादुर शाही

२) बाजुराको स्वामिकार्तिक गाउँपालिका उपाध्यक्ष सुलोचना भण्डारी

३) शुद्धोधन गाउँपालिका १ वडा अध्यक्षमा मोहमद ताहिर मुसलमान

४) रामगोपालपुर नगरपालिका २ सकिवुल खाँ

५) मोलुङ गाउँपालिका ५ गंगा बहादुर तामाङ

६) सिरीजङ्घा गाउँपालिका ३ कुमारी सावादेन

७) दुल्लु नगरपालिका(१३ लालबहादुर शाही

माओवादी केन्द्र

१) ककनी गाउँपालिका २ कृष्ण घिमिरे

२) त्रियुगा नगरपालिका १२ नवीन कुमार बान्तवा राई

३) धनुषाधाम नगरपालिका १ शुनिल कापर केवट

४) गोरखा नगरपालिका ५ बिष्‍णु बहादुर मगर

५) पुथा उत्तरगंगा २ वडाध्यक्ष जगत घर्ती काजु  (निर्विरोध)

६) मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष नमो नारायण माझी

७) नलगाड नगरपालिका उपप्रमुख देवका लामिछाने

जसपा नेपाल

१) डाक्नेश्वरी नगरपालिका १ धिरेन्द्र कुमार साह

२) डाक्नेश्वरी नगरपालिका ४ मा देवेन्द्र प्रसाद यादव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

१) काठमाडौँ महानगरपालिका वडा नम्बर १६ रोजिना श्रेष्ठ

नेकपा एकीकृत समाजवादी

१) रौतहटको गढिमाई नगरपालिका– ८ को वडाध्यक्षमा बजरंगी प्रसाद यादव

नेमकिपा

१) तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा खड्ग राज शाही

स्वतन्त्र

१) कन्काई नगरपालिका वडा नं ६ मा लक्ष्मीप्रसाद ओली

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?