काठमाडौँ। स्वरोजगार लघुवित्तको (एफपीओ) मा तेस्रो दिन अर्थात मंगलबार साँझसम्म १ अर्ब ८९ करोड ३७ लाख १६ हजार रुपैयाँ बरबरको आवेदन परेको छ।
उक्त आइपीओमा १५ लाख ४ हजार ४५५ जना सर्वसाधारण आवेदकहरुले १ करोड ८९ लाख ३७ हजार १६० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले उल्लेख गरेको छ यो आवेदन मागभन्दा ९६.७३ गुणा बढी हो।
कम्पनीले आइतबार (फागुन १८ गते) देखि १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो।
यसमा फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ । यो एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।
































