National life

स्वरोजगार लघुवित्तको एफपीओमा आवेदनको ओइरो, मागभन्दा ९६.७३ गुणा बढी 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० फागुन २०८१, मङ्गलबार
514Shares
स्वरोजगार लघुवित्तको एफपीओमा आवेदनको ओइरो, मागभन्दा ९६.७३ गुणा बढी 
ncell

काठमाडौँ। स्वरोजगार लघुवित्तको (एफपीओ) मा तेस्रो दिन अर्थात मंगलबार साँझसम्म १ अर्ब ८९ करोड ३७ लाख १६ हजार रुपैयाँ बरबरको आवेदन परेको छ।

उक्त आइपीओमा १५ लाख ४ हजार ४५५ जना सर्वसाधारण आवेदकहरुले १ करोड ८९ लाख ३७ हजार १६० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले उल्लेख गरेको छ यो आवेदन मागभन्दा ९६.७३ गुणा बढी हो।

कम्पनीले आइतबार (फागुन १८ गते) देखि १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसअनुसार प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गरिएको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो।

यसमा फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ । यो एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
514SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?