National life

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट: १८ लाख भन्दा बढीको हात खाली

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ चैत २०८१, शुक्रबार
562Shares
स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट: १८ लाख भन्दा बढीको हात खाली
ncell

काठमाडौँ । स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलको  कार्यालय बालुवाटार, काठमाडौँमा आज बिहान बाँडफाँट सम्पन्न भएको हो ।

मागभन्दा ११९.८५ गुणा बढी आवेदन परेको एफपीओमा १८ लाख ८२ हजार ४२२ जनाले कुल २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताको लागि आवेदन प्राप्त भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसमा १९ हजार ५७७ जनाले मात्र शेयर हात पारेका छन्। बाँकी १८ लाख ६२ हजार ८४५ जनाको भने हात खाली भएको छ।

कम्पनीले फागुन १८ गतेदेखि २१ गतेसम्म १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो। प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गरिएको थियो ।

कम्पनीको एफपीओ १९ हजार ५ सय ७४ जनाले १०–१० कित्ता र भाग्यमानी ३ जनाले ११–११ कित्ताका दरले पाएका छन्। उक्त एफपीओको नजिता लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरो शेयर एकाउन्ट बाट हेर्न सक्नेछन्। साथै, सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट र कम्पनीको वेबसाइट​बाट पनि रिजल्ट हेर्न सकिने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
562SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?