काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट १३.८९ प्रतिशत बोनस सेयर वितरण घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँमा उक्त बोनस तथा नगद लाभांश घोषणा गरेको हो ।
यता, हालै बिक्री गरेको १ लाख ९५ हजार ७३३ कित्ता एफपीओ साधारण सभाको लागि हुने बुक क्लोज मितिभन्दा अगावै सूचीकरण भएमा एफपीओ पाउने लगानीकर्ताले पनि उक्त बोनस सेयर पाउने कम्पनीले जानकारी गराएको छ ।
एफपीओ सूचीकरण भएमा चुक्ता पुँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्ने भएकाले प्रस्तावित लाभांशदर पनि समाजोजन गरी १३।५० प्रतिशत बोनस सेयर र ०.७१ प्रतिशत नगद कायम हुने कम्पनीको भनाई छ ।
































