काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनिले व्यतित बीमालेखलाई पुनर्जागरण गर्ने नीति अनुरुप यहि माघ २ गतेदेखि १५ गतेसम्म व्याज छुटको आकर्षक स्किम सार्वजनिक गरेको छ । कम्पनीले तीन वर्षसम्मको व्यतित बीमालेखमा सत प्रतिशत व्याज प्रदान गर्नेछ । त्यस्तै तीन वर्षदेखि ५ वर्ष अवधिको व्यतित बीमालेखमा ५० प्रतिशत, ५ वर्षदेखि ७ वर्ष अवधिको व्यतित बीमालेखमा ३५ प्रतिशत र ७ वर्ष भन्दा माथिको व्यतित बीमालेखमा २५ प्रतिशत छुट प्रदान गर्ने भएको छ ।
कम्पनीले साविक प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरुलाई नविकरणरपुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा व्याज तथा जरिवाना छुट प्रदान गर्ने भएको हो ।
यस्तो छुट प्राप्त गर्दा कम्पनीले विभिन्न शर्तहरु तोकेको छ । यस किसिमको व्यतित बीमालेख पूनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीबाट व्याजरजरिवाना छुट सुविधाको उपयोग गरी नविकरण गराइएका बीमालेखहरु बीमालेख नविकरण भएको मितिले दुई वर्ष भित्र बीमित तथा प्रस्तावकहरुले नियमानुसार समर्पण गर्न चाहेमा बीमालेख नविकरण गर्दा छुट प्रदान गरिएको व्याज जरिवाना वापतको रकम कम्पनीबाट कट्टा गरिने कम्पनीले जनाएको छ ।




































