National life

१५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नराख्न अर्थमन्त्रालयको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|१६ असोज २०८२, बिहिबार
1.1kShares
१५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नराख्न अर्थमन्त्रालयको आग्रह
ncell

काठमाडौँ। अर्थ मन्त्रालयले १५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा नराख्न आग्रह गरेको छ।

बुधबार राति अर्थमन्त्रालयले आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत यस्तो आग्रह गरेको हो ।

विदेश भ्रमणबाट फर्किँदा बचत भएको वा वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा अधिकतम १५ सय डलर वा त्यस बराबरको परिवर्त्य विदेशी मुद्रा मात्र नगदमा राख्न पाउने सूचनामा उल्लेख छ।

सामाजिक सञ्जाल ‘एक्स’ मार्फत मन्त्रालयले भनेको छ,‘विदेश भ्रमणबाट फर्किदा बचत भएको विदेशी मुद्रा वा वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा अधिकतम अमेरिकी डलर १५०० वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा नगदमा राख्न पाउने।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेपाल आउने नेपाली वा विदेशी नागरिकले ५००० अमेरिकी डलर वा सो बराबरको रकम भन्सारमा घोषणा नगरी नेपाल भित्र्याउन पाउने र सो भन्दा बढी रकमको हकमा भन्सार विन्दुमा घोषणा गर्नुपर्ने।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?