National life

३ महिनाभित्र विकासको लहर ल्याउन प्रधानमन्त्रीको ‘अल्टिमेटम’

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ साउन २०८१, बिहिबार
839Shares
३ महिनाभित्र विकासको लहर ल्याउन प्रधानमन्त्रीको ‘अल्टिमेटम’
ncell

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र तीब्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने गरी ठोस योजना ल्याउन निर्देशन दिएका छन् ।

मन्त्रालयहरुको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै सरकारले १०० दिनभित्र गर्ने मुख्य कामबारे बिहीबार प्रधानमन्त्री कार्यालयमा भएको प्रस्तुतिपछि उनले देश र जनताका लागि गर्नुपर्ने र गर्न खोजिएका कामको व्यवस्थित र ठोस तयारी गर्न निर्देशन दिए ।

बजेट कम भए पनि सुशासन कायम गर्दै फटाफट काम गरेमा शत प्रतिशत विकास खर्च गरेर अर्थतन्त्र चलायमान बनाउन सकिने प्रधानमन्त्री ओलीले बताए ।

‘हामी जागिर खाइरहेका छैनौं, हामी देश र जनताको सेवा र विकासका लागि काम गरिरहेका छौं’, उनले भने, ‘भावी सन्ततिका लागि काम गरिरहेका छौं ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो सेवा हाम्रो तलबसँग तुलना हुन सक्दैन ।’

लक्ष्य निर्धारण गर्दा वस्तुगत हुनुपर्ने भन्दै उनले पूरा गर्न कठिन हुने लक्ष्य नै नराख्न निर्देशन दिए । ‘अबका तीन महिनामा इतिहासका अरु कुनै तीन महिनाभन्दा बढी मेहनत गरेर काम गरौं, धेरै काम गर्दा समस्या आउँला वा अख्तियारमा बयान दिनुपर्ला भनेर नडराऔं’, प्रधानमन्त्री ओलीले भने,‘गल्ती वा भ्रष्टाचार गरिएन भने कुनै समस्या आउँदैन ।’

प्रधानमन्त्री ओलीले डिजिटल नेपालको फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन गर्न र व्यावसायिक तालिम, विषादी र मिसावटरहित खाद्य पदार्थको आपूर्ति गराउन निर्देशन दिए । उनले खरिद गरिएका यन्त्र उपकरण र स्रोत साधनको पूर्ण उपयोग गर्न पनि आग्रह गरे ।

एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा कामका लागि गएको फाइल बढीमा तीनदिनभित्र काम गर्न, सूचना र प्रविधिलाई प्राथमिकता दिन, श्रमिक विदेश पठाउने भन्दा उद्यमशीलता र रोजगारी सिर्जना गर्न र प्रधानमन्त्री रोजगार कार्यक्रमलाई जनता रोजगार कार्यक्रममा रुपान्तरण गर्न समेत प्रधानमन्त्रीले निर्देशित गरे ।

उनले मातृशिशु स्वास्थ्यमा सुनौला हजार दिनको मान्यतालाई ध्यान दिन र समग्रमा मान्छेको आय बढाउने गरी काम गर्न मन्त्री र सचिवलाई आग्रह गरे ।

 

यो समाचार शेयर गर्नुहोस्
839SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?