National life

४ महिनामा बैंकहरुको नाफा करिब २३ अर्ब, कुन बैंकले कति कमाए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ पुस २०८०, मङ्गलबार
866Shares
४ महिनामा बैंकहरुको नाफा करिब २३ अर्ब, कुन बैंकले कति कमाए ?
ncell

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुले २२ अर्ब ६२ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाले उक्त नाफा आर्जन गरेका हुन् ।

गत आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाले कुल २७ अर्ब ५९ करोड नाफा आर्जन गरेका थिए । गत वर्षको तुलनामा चालु आवको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाको नाफामा उल्लेख्य गिरावट भएको देखिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सम्भावित कर्जा नोक्सानीका लागि गरेको प्रोभिजन रकममा पनि वृद्धि हुँदा बैंक तथा वित्तीय संस्थाको नाफा घटेको हो । गत आर्थिक वर्षको कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल २ खर्ब २२ अर्ब ६९ करोड ब्याज आम्दानी गर्दा ब्याज खर्च १ खर्ब ५० अर्ब ३१ करोड रहेको थियो ।

२०७९ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपात १.९८ प्रतिशत र कुल कर्जामा सम्भाविक कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन २.६३ प्रतिशत थियो । २०८० कात्तिकमा आउँदा निष्क्रिय कर्जा अनुपात बढेर ३.६६ प्रतिशत र कुल कर्जामा सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन बढेर ३.८४ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको कात्तिकसम्म वाणिज्य बैंकहरुले २० अर्ब ७३ करोड नाफा गर्दा विकास बैंकहरुको १ अर्ब ६२ करोड र वित्त कम्पनीहरुको २६ करोड नाफा गरेको राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुको कुल पूँजीकोष ६ खर्ब ७३ अर्ब ८० करोड रहेको छ । जसमध्ये चुक्ता पूँजी ३ खर्ब ७४ अर्ब ५८ करोड, जगेडा कोष १ खर्ब ३५ अर्ब ६६ करोड सञ्चित मुनाफा १५ अर्ब ६७ करोड र अन्य जगेडा कोषमा १ खर्ब ४५ अर्ब ५८ करोड रहेको छ ।

राष्ट्र बैंकले प्रकाशित गरेको वित्तिय विवरण अनुसार १९ वटा बैंकले नाफा गरेका छन् । नबिल बैंकले करिब २ अर्ब १७ करोड , ग्लोबल आईएमई बैंकले १ अर्ब ९५ करोड, र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८७ करोड नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ । यस्तै प्राइम कमर्सियल बैंकले १ अर्ब ५३ करोड, हिमालयन बैंकले १ अर्ब ५१ करोड र एनआईसी एशिया बैंकले १ अर्ब ३८ करोड नाफा आर्जन गरेको हो ।

कृषि विकास बैंक भने २७ करोड ८८ लाख घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । सिद्धार्थ बैैंकको नाफा ३३ करोड ३९ लाख, लक्ष्मी सनराइज बैंकले ५१ करोड ६० लाख नाफा आर्जन गरेका छ ।

https://aarthikvoice.com/archives/21250

 

यो समाचार शेयर गर्नुहोस्
866SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?