National life

५५३ जना स्थानीयलाई लालपुर्जा वितरण, जेष्ठ नागरिक र एकल महिला खुसी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ साउन २०८१, सोमबार
963Shares
५५३ जना स्थानीयलाई लालपुर्जा वितरण, जेष्ठ नागरिक र एकल महिला खुसी
ncell

काठमाडौँ। वर्षौँदेखि बसोबास गरिरहेका तर लालपुर्जा प्राप्त गर्नबाट वञ्चित रहेका रुपन्देहीका ५५३ जना स्थानीय बासीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले लालपुर्जा वितरण गरेका छन्।

सोमवार रुपन्देही जिल्लाको सियारी गाउँपालिकाको ४ वडामा रहेका १९ वटा गाँउ ब्लकहरुको नापी नक्सा पुरा भएका ५५३ वटा लालपुर्जा मन्त्री अधिकारीले वितरण गरेका थिए । लालपुर्जा पाएसँगै जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलाहरूमा खुसी छाएको छ ।

वषौंदेखि जग्गाधनी प्रमाण पुर्जा नहुँदा परेको पिडाबाट मुक्तीपाएको लालपुर्जा प्राप्त गरेपछि सहभागीले बताए। 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
लालपुर्जा वितरण कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भूमि आयोग गठनको अन्तिम तयारीमा रहेको बताउदै भूमिहीनको समस्या स्थायी रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सरकारले ५ लाख भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरेको मन्त्री अधिकारीको भनाई छ । आइतबार रुपन्देहीको सैनामैना नगरपालिकाले गाउँब्लकको जग्गामा बसोबास गरेका स्थानीयलाई समेत लालपुर्जा वितरण गरेको थियो। सैनामैनाले पुस्तौदेखि बसोबास गर्दै आए पनि भूमिको स्वामित्व नभएका १ सय ८८ जनालाई लालपुर्जा वितरण गरेको थियो।

वर्षौदेखि खनजोत र भोगचलन गर्दै आएका करिब ५ सय जग्गाधनीलाई गतवर्ष पनि लालपुर्जा वितरण गरिएको थियो। अझै पनि साविक दुधराक्ष गाविसका वडाहरूमा अझै पनि वितरण गर्न बाँकी छन्। सैनामैनासँगै बुटवल उपमहानगरपालिकाले पनि मंगलबारदेखि लालपुर्जा वितरण गर्न सुरू गरेको छ। मंगलबार बुटवल वडा नं १५ का ४८ घरधुरीलाई लालपुर्जा वितरण गरिएको थियो।

यो समाचार शेयर गर्नुहोस्
963SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?