National life

विकल विरुद्ध ६२ करोड गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा चौथो भ्रष्टाचार मुद्दा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ जेठ २०८१, बुधबार
639Shares
विकल विरुद्ध ६२ करोड गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा चौथो भ्रष्टाचार मुद्दा
ncell

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । आज ९बुधबार० अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध चौथो पटक भ्रष्टाचारको मुद्दा दायर गरेको हो । पौडेल भ्रष्टाचार मुद्दामा यसअघि नै पक्राउ परेर हिरासतमा छन् ।

विकलले ६२ करोड रुपैयाँ गैरकानुनी आर्जन गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

Royal Enfield
nic asia capital
उनले गैरकानूनी सम्पत्ति आर्जन गरी सिंगापुर र अमेरिकामा लुकाएको समेत खुल्न आएको छ ।

विकलविरुद्ध यसअघि नै तीन वटा भ्रष्टाचार मुद्दा दायर भएको थियो । तीमध्ये दुई मुद्दा विशेष अदालतमा विचाराधीन छ भने एउटा मुद्दामा उनलाई दोषी ठहर गर्दै दुई वर्षको कैद सजाय सुनाइसकिएको छ । सो मुद्दामा विकलबाट २५ करोड ४७ लाख बिगो र बिगो बराबरकै रकम जरिवाना गर्ने फैसाला भएको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
639SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?