सिड्नी । अस्ट्रेलिया सरकारले देशको कम जनसंख्याका कारण राष्ट्रले सेना भर्तीको लक्ष्यहरु पूरा गर्न संघर्ष गरिरहेको भन्दै मंगलबार गैर–नागरिकहरुलाई आफ्नो सशस्त्र सेनामा भर्ती हुन अनुमति दिने बताएको छ ।
“जुलाईबाट १२ महिनादेखि अष्ट्रेलियामा बसोबास गरिरहेका स्थायी बासिन्दाहरुलाई सेनामा भर्ती हुने अनुमति दिइनेछ र बेलायत, क्यानडा, न्युजिल्यान्ड र संयुक्त राज्य अमेरिकाका नागरिकहरुलाई प्राथमिकतामा राखिनेछ ।“ रक्षामन्त्री रिचर्ड मार्लेसले बताए ।
देशको बढ्दो चुनौतीसँग सामना गर्न क्यानबेराले हालैका वर्षहरुमा पनडुब्बी, जेट र धेरै लडाकु सवारी साधनजस्ता रक्षाको क्षेत्रमा खर्च बढाएको छ ।
अस्ट्रेलियन रक्षाबलमा आजका दिनमा लगभग ९० हजार कर्मचारीहरुमा रहेको अस्ट्रेलियन स्ट्रेटेजिक पोलिसी इन्स्टिच्युटले जनाएको छ । रक्षामन्त्री मार्लेसले राष्ट्रका सुरक्षा चुनौतिहरुको सामना गर्न अस्ट्रेलियामा रक्षाबलको विकास आवश्यक रहेको बताए ।


































