National life

आर्थिक वर्षको १० महिनामा निर्यात ८८ अर्ब पुग्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१५ जेठ २०८३, शुक्रबार
1.1kShares
आर्थिक वर्षको १० महिनामा निर्यात ८८ अर्ब पुग्यो
ncell

पर्सा। चालु आर्थिक वर्षको प्रथम १० महिनामा रु ८८ अर्ब २२ करोड बराबरका वस्तु तथा सामान निर्यात भएका छन् ।

गत आवको सोही अवधिमा रु ८३ अर्ब २५ करोड बराबरका वस्तु तथा सेवा निर्यात भएका वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले राससलाई जानकारी दिनुभयो ।

चालु आवको १० महिनामा रु ४८ अर्ब ११ करोड बराबरको भटमासको प्रशोधित तेल, रु पाँच अर्ब ३५ करोडको  प्रशोधित सूर्यमुखी तेल तथा रु छ अर्ब ४२ करोड बराबरको फलफूलको रस निर्यात भएको छ ।

यसैगरी, रु तीन अर्ब तीन करोडका कपडा तथा रु दुई अर्ब २५ करोड बराबरको ‘सिन्थेटिक यार्न’  निर्यात भएको छ ।रासस

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?