National life

उद्योगी व्यवसायीहरूलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न अध्यक्ष ढकालको माग

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ पुस २०८०, शनिबार
641Shares
उद्योगी व्यवसायीहरूलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न अध्यक्ष ढकालको माग
ncell

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महसंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीहरूलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न माग गरेका छन् । शनिबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३ औँ वार्षिक साधारण सभामा बोल्दै ढकालले आफू जिल्लाका व्यवसायीहरूका कार्यक्रममा र वस्तुगत कार्यक्रमहरूमा जाँदा पनि व्यवसायीहरूले उद्योगी व्यवसायीको मर्यादाक्रम राख्नुपर्ने कुरा गम्भीर रूपमा उठाइरहेको बताएका हुन् ।

उनले उत्कृष्ट व्यवसायी सम्मान ९सीआईपी० का क्रममा पनि आफूहरूले धेरै असहज र कठिन परिस्थितिको सामना गर्नुपरेको भन्दै परिस्थिति सहज बनाइदिन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरे । उनले व्यवसायीको सम्मानको लागि सामान्य नीति बनाएर लागू गर्न सकिने बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तो नीति बनाउन सरकारी खर्च नहुने उनको भनाइ छ ।

कार्यक्रममा गृहमन्त्री श्रेष्ठले सरकार उद्योगी व्यवसायीहरूलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न सरकार सकारात्मक रहेको बताए । अहिले समग्र मर्यादाक्रमका बारेमा मन्त्रालय र सरकारका अरू निकायहरूको बिचमा छलफल भइरहेको भन्दै कसरी टुङ्गोमा पुग्ने भन्ने कुराको छलफल जारी रहेको बताए । उनले चाँडै नै उद्योगीहरूको समस्या समाधानका लागि प्रधानमन्त्रीसहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अरू सम्बन्धित निकायहरूसहितको बैठक बोलाउने पनि बताए ।

 

यो समाचार शेयर गर्नुहोस्
641SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?