National life

एकातिर विज्ञ उत्पादन गर्दै भारत:अर्कातिर जबर्जस्ती बीमा भिडाउँनु पर्ने बाध्यता कायमै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ वैशाख २०८१, मङ्गलबार
1.5kShares
एकातिर विज्ञ उत्पादन गर्दै भारत:अर्कातिर जबर्जस्ती बीमा भिडाउँनु पर्ने बाध्यता कायमै
ncell

काठमाडौं । भारतमा हालसालै प्रकाशित एक वित्तीय रिर्पोटले बीमा उद्योगले ल्याएको नयाँ प्रोडक्ट जम्मा ०.२ प्रतिशतमा सिमित रहेको पुस्टी गरेको छ । उक्त तथ्यांक एक आर्थिक वर्षको मात्र नभई पछिल्लो पाँच वर्षको ट्रेण्ड एनालाईसीसबाट आँकलन गरिएको हो ।

विश्वमै बीमा क्षेत्रमा निकै ठूलो फड्को मारिसकेको देशमा भिन्न पहिचान बनाएको र विश्वस्तरिय प्रतिस्पर्धामा गुणस्तरिय एक्चुरी उत्पादन गर्न सफल भारतमा समेत बीमाको उत्पादनमा भने कम चासो रहेको देखिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसको एउटै कारण हुनसक्छ बीमाले प्राविधिक विकास जतिधेरै गरे पनि त्यसको बुझाई आम जनतामा निकै कम देखिएकाले हो । उल्लेखित विवरणमा १ सय ४० करोड जनसंख्या भएको ठाउँमा जम्मा इन्स्योरेन्स निकै बलजफतिका साथ मात्रै बिक्री वितरण भइरहेको अवस्था छ । इन फोर्स बिक्रीलाई बीमाको बुझाईमा भन्दा बीमा भिडाउँने प्रवृत्तीकै रुपमा लिइन्छ । त्यस्तो अवस्थामा अति अविकसित मुलुकहरुमा त देखिन्छ नै यता बीमाको अनुसरण गर्ने ठूला एक्चुरी उत्पदान गर्ने ठाउँमा समेत त्यस्तो हालत छ ।

त्यस्तो हुनुको पछाडी आम नागरिकहरुमा प्योर टर्म रिक्स पोलिसीमा अनाकर्षण भएकाले हो । उनीहरुले बाँच्दा बीमा पाउँने पाइने लाभ आफू नरहदा अरुले पाउँने लाभ भन्दा पनि प्रिमियमलाई नै नाफा घाटामा तुलना गरेकाले समस्या देखिएको हो । तर, बीमा पोलिसी नकिन्नेले भन्दा यसलाई किनिसकेकाले भने प्योर टर्म रिक्स पोलिसी पनि आवश्यक बन्दै गएको प्रतिक्रीया दिएका छन् । टर्म रिक्स लिने भन्दा पनि इन्डीभिज्युअल डिपोजिटमै नागरिकहरु केन्द्रित हुँदा भारतिय बीमा कम्पनीहरु केहदसम्म चिन्तित समेत देखिएका छन् । यसको खास कुरा भनेको एक त बीमा क्षेत्रले नयाँ उत्पादनमा फोकस नगरेकाले र अर्को भनेको राम्रा बीमा योजनाको महत्वका बारेमा अझै पनि नागरिकहरुमा राम्रो ज्ञान नभएकाले हो ।

भारतिय बीमा कम्पनी तथा नियामक निकायले आगामी दिनमा प्योर रिक्स पोलिसीको बारेमा ठूलो जागरण ल्याउँन आवश्यक रहेकोमा जोड दिएका छन् । दक्षिण एशियाका अन्य मुलुकको तुलना गर्ने हो भने उनीहरुको अवस्था भारतको भन्दा निकै पछाडी देखिन्छ । एक त बीमा आफैमा प्राविधिक विषय हुनु र दोस्रो यसले आम नागरिकलाई छुने गरि, आकर्षण बढाउँने गरी काम गर्न आवश्यक देखिन्छ । मुख्यतय नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने पनि नयाँ उत्पादन लेटेस्ट बीमा पोलिसी ल्याउँन नेपाल सरकार, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण, बीमा कम्पनीहरु, बीमा विज्ञ, बीमितको माग तथा हितलाई ध्यानमा राखेर सबैजना एउटै छाना मुनि उभिन जरुरी देखिन्छ । त्यसरी एक ठाउँमा बसेर साझा निर्णय अनुसार बीमा बजारको पछिल्लो माग अनुसारका प्रोडक्ट ल्याउँन सकेमा नेपाली बीमा क्षेत्रले पनि भारतले भोग्दै आएका जस्ता साझा समस्याहरुबाट छिट्टै समाधान पाउँने देखिन्छ ।

 

 

 

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?