National life

एसिया कप : नेपाल र भारतबीचको क्रिकेट हेर्न जनकपुरका विद्यालयमा बिदा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१८ भदौ २०८०, सोमबार
971Shares
एसिया कप : नेपाल र भारतबीचको क्रिकेट हेर्न जनकपुरका विद्यालयमा बिदा
ncell

जनकपुरधाम । नेपाल र भारतबीचको खेल हेर्न जनकपुरधाम भित्रका विद्यालयहरुमा दिउँसो २ बजेदेखि बिदा दिइएको छ । आज श्रीलंकामा हुने एसिया कप-२०२३ अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न जनकपुरधामका विद्यालयहरुमा बिदा दिइएको हाे ।

आज नेपाल र भारतबीचको खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको क्यान्डीमा हुँदैछ ।

जनकपुरधाम उपमहानगरपालिका कार्यालयले आइतबार साँझ एक सूचना जारी गर्दै आज दिउँसो २ बजेदेखि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न भनेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उपमहानगरको शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयले सूचना जारी गर्दै दिउँसो २ बजेपछि कुनै पनि कक्षा संचालन नगर्न सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयसँग आग्रह गरेकी हुन् ।

यसअघि भदौ १३ गते नेपाल र पाकिस्तानबीच भएको खेल हेर्न पनि जनकपुरधाम उपमहानगरले विद्यालयहरुमा बिदा दिएको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
971SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?