काठमाडौँ। भोलि शुक्रवार देखि कक्षा १२ को हुने भएको छ । परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै छन् ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थी छन् । बाँकी भने ग्रेड वृद्धितर्फका विद्यार्थी हुन् ।
परीक्षाका लागि प्रश्न पत्र, उत्तर पुस्तिका लगायतका सामाग्री परीक्षा केन्द्र पुर्याउने काम सम्पन्न भइसकेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । देशभरका एक हजार ५ सय २५ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ ।
यसैगरी देशबाहिर जापानमा पनि एक परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १ सय ७१ जनशक्ति खटिँदै छन् भने १८ हजार ३ सय प्रहरी परिचालन हुनेछन् । परीक्षा वैशाख २४ गते सकिनेछ ।

































