National life

कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए सपत,आर्थिक मामिला मन्त्रीमा शाह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० साउन २०८१, आइतबार
956Shares
कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए सपत,आर्थिक मामिला मन्त्रीमा शाह
ncell

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । नेपाली कांग्रेसको तर्फबाट सिफारिस भएका चार जना मन्त्रीहरूले आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उनीहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले शपथ खुवाएका छन् । कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्रीमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी मन्त्री बनेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

८ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र ४ कांग्रेसले पाएको छ । कांग्रेस सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री कँडेलले सोमबार संसदबाट विश्वासको मत लिने भएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
956SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?