National life

क्रेस्ट माइक्रो लाइफद्धारा अभिकर्ता तथा शाखा प्रबन्धकहरुको भेला सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ वैशाख २०८१, शुक्रबार
1.1kShares
क्रेस्ट माइक्रो लाइफद्धारा अभिकर्ता तथा शाखा प्रबन्धकहरुको भेला सम्पन्न
ncell

काठमाण्डौ । लघु जीवन बीमा कम्पनी क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम अभिकर्ता तथा शाखा प्रबन्धकहरुको भेला कार्यक्रम सम्पन्न भएको छ भने उक्त कार्यक्रम चितवनस्थित मचान कन्ट्री भिल्लामा सम्पन्न भएको थियो ।

कम्पनीले आफ्नो अभिकर्ता तथा शाखा प्रबन्धकरुलाई राखेको व्यवसायीक लक्ष्य प्राप्त गर्न सफल ६० भन्दा बढी अभिकर्ता तथा शाखा प्रबन्धकहरुको उक्त समारोहमा उपस्थित भएका थिए भने समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठले शुरुवाती चरणमै रहेको कम्पनीले उल्लेख्य व्यवसाय गर्न सक्नु कम्पनीको सफलता रहेको भनाई ब्यक्त गर्दै लक्ष्य प्राप्त गर्न सफल अभिकर्ता तथा शाखा प्रबन्धकहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

उक्त समारोहमा आउँदा दिनहरुमा अभिकर्ता तथा शाखा प्रबन्धकको भेला समारोहमा अझ बढी अभिकर्ताहरु तथा शाखा प्रमुखहरुको सहभागीतको अपेक्षासहित अभिकर्ताहरु तथा शाखा प्रबन्धकहरुको व्यक्तित्व विकास तथा व्यवसायिक क्षमता वृद्धिको लागि समय सापेक्ष तालिम तथा प्रशिक्षणहरुको आयोजना गर्ने प्रतिवद्धता समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृतले व्यक्त गरेका थिए ।

सोही समारोहमा सहभागी सम्पूर्ण अभिकर्ता तथा शाखा प्रबन्धकहरुलाई कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अभिजित केसीले स्वागत मन्तब्यसहित स्वागत गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?