National life

गणतन्त्र सुदृढीकरणमै समृद्ध नेपालको आधार : गगन थापा

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१५ जेठ २०८३, शुक्रबार
1.4kShares
गणतन्त्र सुदृढीकरणमै समृद्ध नेपालको आधार : गगन थापा
ncell

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउँदै अघि बढे मात्रै देशलाई समावेशी, समृद्ध र उन्नत राष्ट्रका रूपमा विकास गर्न सकिने बताउनुभएको छ।

गणतन्त्र दिवसको अवसरमा जारी सन्देशमा उहाँले लोकतान्त्रिक मूल्य, मान्यता र संस्कृतिमा आधारित समानता र न्याययुक्त समाज निर्माणका लागि सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्ने उल्लेख गर्नुभएको छ। उहाँका अनुसार यो दिवसले नागरिकहरूमा नयाँ ऊर्जा, उत्साह र प्रेरणा जगाउने विश्वास व्यक्त गर्नुभएको छ।

उहाँले २०६२/६३ को जनआन्दोलनपछि प्राप्त उपलब्धिको स्मरण गर्दै संविधानसभाको निर्वाचन र २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको ऐतिहासिक प्रक्रियालाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्नुभएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले गणतन्त्रलाई नेपाली जनताको सार्वभौम अधिकारको प्रतीकका रूपमा व्याख्या गर्दै यसको विकल्प नहुने धारणा राख्नुभएको छ। उहाँले लोकतान्त्रिक प्रणालीभित्र सुधार, सुशासन, आर्थिक विकास र सामाजिक न्याय सुनिश्चित गर्दै जनविश्वास मजबुत बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ।
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?