National life

गुह मन्त्रीसँग आइजिपी अर्यालको दुखेसो : सशस्त्र प्रहरीलाई परिवार पाल्न समेत गाह्रो भयो

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१८ चैत २०८२, बुधबार
1.2kShares
गुह मन्त्रीसँग आइजिपी अर्यालको दुखेसो : सशस्त्र प्रहरीलाई परिवार पाल्न समेत गाह्रो भयो
ncell

काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) का महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरीका परिवार तथा बालबालिकाको शिक्षा र स्वास्थ्य सेवा सरकारले निःशुल्क गरिदिए सेवाबाट समयअगावै बाहिरिने प्रवृत्ति घट्ने बताएका छन्।

बुधबार स्वयम्भूस्थित सशस्त्र प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री सुधन गुरुङसँगको भेटमा महानिरीक्षक अर्यालले यस्तो धारणा व्यक्त गरेका हुन्। उनले वर्तमान तलब–सुविधाले तल्लो तहका सशस्त्र प्रहरीलाई परिवार पाल्न र बालबच्चाको आधारभूत आवश्यकता पूरा गर्न समेत कठिनाइ भइरहेको बताए।

उनका अनुसार सीमित आम्दानी र बढ्दो खर्चका कारण धेरैजसो जवानहरू १६ वर्षे सेवा अवधिपछि अवकाश लिएर वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेका जनाएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
“आर्थिक अवस्था सुधार्ने आशामा सेवाबाट बाहिरिनेको संख्या बढ्दो छ,” उनले भने, “यसले संगठनको दीर्घकालीन क्षमतामा असर पारिरहेको छ।”

महानिरीक्षक अर्यालले दिनभरि जोखिमपूर्ण ड्युटीमा खटिने सिपाहीले आफ्नै परिवारको आधारभूत खर्च धान्न नसक्दा उनीहरूको मनोबल कमजोर हुने उल्लेख गर्दै यस विषयमा सरकारले गम्भीर पहल गर्नुपर्नेमा जोड दिए।

त्यसैगरी, उनले पदोन्नति प्रणालीतर्फ पनि ध्यानाकर्षण गराउँदै १३ वर्षसम्म एउटै पदमा काम गर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताए। नियमावली संशोधन गरी तल्लो तहका कर्मचारीहरू अवकाश हुँदा कम्तीमा जुनियर अधिकृत तहसम्म पुग्ने अवसर सुनिश्चित गर्न सके उनीहरूको कार्यक्षमता र मनोबल दुवै बढ्ने उनको भनाइ छ।

अर्यालले सशस्त्र प्रहरी बललाई समयानुकूल सुदृढ बनाउन २०५८ सालको विशेष नियमावली परिमार्जन आवश्यक रहेको औंल्याए। उनले संगठनलाई सक्षम, प्रभावकारी र व्यवसायिक बनाउने, साथै सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् व्यवस्थापन र आन्तरिक सुरक्षासम्बन्धी विषयमा स्पष्ट कानुनी आधार तयार पार्ने प्रस्ताव समेत अघि सारिएको जानकारी दिए।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?