काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.३६ प्रतिशत बढी हो।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.२२ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २१.१४ प्रतिशत बढेको छ। कम्पनीको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा १ अर्ब ७८ करोडबाट घटेर १ अर्ब ७ करोडमा झरेसँगै सञ्चालन मुनाफा १९.४० प्रतिशत बढेको छ।
समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा भने ४.३८५ बाट बढेर ४.६७५ भएको छ । हाल बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रहेको छ भने रिजर्भ कोषमा २४ अर्ब ८९ करोड रुपैयाँ छ ।
बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ०३ पैसाले बढेर १६ रुपैयाँ ७४ पैसा पुगेको छ । गत वर्ष बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७१ पैसा रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २० पैसा छ ।

































