National life
cg eloctronics

चुनाव राजनीतिक प्रतिस्पर्धा मात्र थिएन,परिवर्तनको अवसर थियो : कुलमान घिसिङ

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२६ फागुन २०८२, मङ्गलबार
1.4kShares
चुनाव राजनीतिक प्रतिस्पर्धा मात्र थिएन,परिवर्तनको अवसर थियो : कुलमान घिसिङ
muktinatha bikash bank

काठमाडौँ । भ्रष्टाचार विरुद्ध र सुशासनको माग गर्दै उठेको जेनजी विद्रोहपछि नयाँ शक्तिको रूपमा उदाएको उज्यालो नेपाल पार्टीले हाल सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो अभियानमा समर्थन गर्ने सम्पूर्ण मतदाता, समर्थक र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेको छ।

पार्टीका प्रवक्ता कुलमान घिसिङले सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै भनेका छन् कि चुनाव केवल राजनीतिक प्रतिस्पर्धा मात्र थिएन, यो भ्रष्टाचार, अनियमितता र अकर्मण्यताविरुद्ध उठेको जनआवाजको परिणामस्वरूप आएको परिवर्तनको अवसर थियो। घिसिङल देशलाई नाराले नभई दृष्टिकोण, योजना र कार्यक्षमता भएका नेतृत्व आवश्यक रहेको उल्लेख गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

उज्यालो नेपाल पार्टीले विगतमा गरेको कामलाई उदाहरणको रूपमा पेश गर्दै लोडसेडिङ अन्त्य, विद्युत् विस्तार, मेलम्ची खानेपानी पुनः सञ्चालन, बाढी प्रभावित सडक पुनः सञ्चालन, तातोपानी नाका खुलाउने र अलपत्र परेका विकास आयोजना अघि बढाउने कार्य उल्लेख गरेका छन्। यसै गरी, बुढी गण्डकी (१२०० मेगावाट), माथिल्लो अरुण (१०६३ मेगावाट) र किमाथांका अरुण (४५४ मेगावाट) जस्ता ठूला जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्न सकिने मोडालिटी तय गर्नु पार्टीका महत्त्वपूर्ण उपलब्धिहरू भएको दाबी गरेका छन् ।

घिसिङले पार्टीका नेताहरूले निर्वाचनमा मतमा हार प्राविधिक विषय मात्र भएको उल्लेख गर्दै, छोटो समयमै जनअभिमतमार्फत प्राप्त माया, विश्वास र सद्भावलाई ऊर्जा र मार्गदर्शनको रूपमा लिएको बताएका छन्।

उज्यालो नेपाल पार्टीले निर्वाचनमा भारी जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई शुभकामना व्यक्त गर्दै, देशमा सुशासन कायम गर्ने र आर्थिक समृद्धि हासिल गर्ने अभियानमा सफलता मिलोस् भन्ने कामना गरेको छ। साथै, सरकारले गर्ने राम्रा कामको समर्थन र गल्ती भएमा रचनात्मक रूपमा खबरदारी गर्ने प्रतिबद्धता पनि जनाएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?