National life

छिटो काम गर्न अध्यादेशको बाटो रोज्यौं, सरकारको नियत सफा छ : रास्वपा

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१६ वैशाख २०८३, बुधबार
1.4kShares
छिटो काम गर्न अध्यादेशको बाटो रोज्यौं, सरकारको नियत सफा छ : रास्वपा
ncell

काठमाडौं । संसद नबोलाएर सरकारले धमाधम अध्यादेश ल्याइरहँदा चौतर्फी आलोचना भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पष्टीकरण दिएको छ ।

आज सिंहदरबारमा रास्वपाको संसदीय दलको अनौपचारिक बैठकपछि महामन्त्री कवीन्द्र बुर्लाकोटीले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सरकारले छिटो काम गर्नको लागि अध्यादेशको बाटो रोजेको बताएका हुन् ।

महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रक्रियामा जाँदा लामो समय लाग्ने भएकाले छरितो बाटो रोजेको प्रष्ट्याए । ‘यो अध्यादेश आम नागरिकको म्यान्डेट अनुसार छिटो काम गर्नको लागि हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हाम्रो कानुनको झमेलाको दृष्टिकोणबाट हेर्दा ३/४ महिना जति न्यूनतम पनि लाग्ने खालका छन्। प्रक्रियागत एउटा लामो अभ्यास गर्नुपर्ने कुराहरू छ। त्यसैले ल्याइएको हो,’ उनले भने ।

उनले अधिवेशन आह्वान गरेको सदन स्थगन गरेर अध्यादेश ल्याइएको भएपनि सरकारको सफा नियत रहेको पनि बताए ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?