National life

तिहारको माहौलले बढायो चहलपहल, ‘भाइमसला’ को माग र मूल्य आकाशियो

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२७ असोज २०८२, सोमबार
1.4kShares
तिहारको माहौलले बढायो चहलपहल, ‘भाइमसला’ को माग र मूल्य आकाशियो
ncell

काठमाडौँ । हिन्दु नेपालीको मुख्य पर्व दशैँ सकिएसँगै नेपाली बजार अहिले उज्यालो र स्नेहको पर्वको रूपमा मनाइने तिहार सँघारमा आएको छ। तिहार नजिकिएसँगै बजारमा तिहारका सामाग्री बिक्री वितरण गर्ने र किनमेल गर्नेको घुइँचो बढ्न थालेको छ ।

विशेष गरी भाइटिकाको तयारीसँगै बजारमा ‘भाइमसला’ अर्थात् भाइटिकाको दिन प्रयोग हुने सुकेका फलफूल र मसलाको माग तीव्र रूपमा बढिरहेको देखिन्छ । भाइबहिनीको आत्मीय सम्बन्धलाई प्रकट गर्ने सांस्कृतिक पर्वको रूपमा व्याख्या गरिँदै आएको तिहार नजिकिएसँगै भाइ मसलाको माग ह्वात्तै बढेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भाइ मसलाको मूल्यमा तीव्र वृद्धि

व्यवसायीहरूका अनुसार गत महिनाको तुलनामा यस वर्षको तिहारमा धेरै ‘ड्राइफ्रुट्स’को मूल्य वृद्धि भएको छ। ओखरको मूल्य होलसेलमा प्रतिकिलो ४५० बाट ४७० रुपैयाँ, खुद्रामा ५५० रुपैयाँसम्म पुगेको छ।

त्यस्तै, दशैंमा ५५० रुपैयाँमा पाइने नरिवल अहिले ७०० रुपैयाँ प्रतिकिलोमा पुगेको छ। पेस्ता होलसेलमै २ हजार ५० रुपैयाँ, खुद्रामा २ हजार ७ सय रुपैयाँसम्म पुगेको छ। त्यसैगरी, अन्जिर २ सय रुपैयाँ बढेर २ हजार ३ सय रुपैयाँ प्रतिकिलो,

मखना १ हजार ४ सय रुपैयाँ कायम भएको छ । जबकि काजु, ल्वाङ, सुकुमेल र किसमिसका मूल्य यथावत् छन्।

व्यवसायीहरूका अनुसार माग बढ्दै जाँदा आयातमा निर्भर बजारमा मूल्य वृद्धि सामान्य भएको धारणा दिएका छन्। तर, उपभोक्ताले भने “तिहार आउँदैमा सबै वस्तुको भाउ उफ्रिने परम्परा” रहेको भन्दै असन्तुष्टि जनाएका छन्।

भाइमसला केवल धार्मिक सामग्री मात्रै नभएर यो शहरी उपभोग संस्कृतिको संकेत बनेको छ । जसरी ड्राइफ्रुट्स र मसला विदेशी बजारबाट आयात हुन्छन्, त्यसले नेपालका उपभोग ढाँचामा वैश्वीकरणको प्रभाव स्पष्ट देखाउँछ। तिहारमा ड्राइफ्रुट्सको किनमेल बढ्नु आयात/आधारित उपभोग र मौसमी अर्थतन्त्रको ज्वलन्त उदाहरण हो।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?