National life

द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ वैशाख २०८२, सोमबार
897Shares
द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सम्झौता
ncell

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजका सह–संस्थापक तथा कार्यकारी निर्देशक महेन्द्रराज कँडेल र फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले नवप्रवर्तन, उद्यमशीलता र दिगो विकासको प्रवद्र्धन गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा ब्रिटिस कलेज इन्क्युबेसन सेन्टरका प्रमुख गणेश पौडेल र फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालको पनि उपस्थिति रहेको थियो । टीबीसी र गाउँपालिकाबीच भएको सम्झौताले स्थानीय उद्यमीहरूका लागि स्टार्टअपसम्बन्धमा मार्गदर्शन प्रदान गर्नछ भने डिजिटल साक्षरता, व्यापार र प्रविधिमा सीप विकासका लागि विभिन्न कार्यशालाको पनि आयोजना गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कृषि प्रविधि, ग्रामीण पर्यटन र हस्तकला आधारित स्टार्टअपहरूलाई सम्वद्र्धन पनि गर्ने लक्ष्य हस्ताक्षरकर्ताहरूले लिएका छन् । स्मार्ट गाउँ तथा डिजिटल शासन प्रणालीको प्रवद्र्धन उद्यमशीलतासम्बन्धी नीति निर्माणमा सहयोग गर्दै ग्रामीण नवप्रवर्तकहरूलाई बजार तथा लगानीमा पहुँच विस्तार गर्न सघाउने मर्म पनि सम्झौताले बोकेको छ ।

सम्झौतापछि प्रतिक्रिया दिँदै ब्रिटिस कलेजका कार्यकारी निर्देशक कँडेलले फिक्कलका युवा र किसानहरूमा रहेको उद्यमशीलतालाई बजार र प्रविधिसँग जोड्ने कार्यको थालनी भएको उल्लेख गरे ।

फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले उक्त समझदारी गाउँपालिकाको समुदायका लागि रूपान्तरणकारी कदम भएको टिप्पणी दिइन् । टीबीसीसँगको सहकार्यले रोजगारी सिर्जना, सीपको अभिवृद्धि र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पु¥याउने आशा उनले व्यक्त गरिन् ।

टीबीसी इन्क्यूबेशन सेन्टरका प्रमुख गणेश पौडेलले पनि आफूहरू नवप्रवर्तनलाई विकेन्द्रित गर्दै समावेशी आर्थिक अवसर सिर्जना गर्ने लक्ष्यमा रहेको उल्लेख गर्दै गाउँपालिकासँगको साझेदारी महत्त्वपूर्ण रहेको बताए ।

सम्झौता अनुसार दुवै पक्षले संयुक्त रूपमा ‘स्टिरिङ कमिटि’ गठन गर्दै कार्यक्रमहरूको योजना, कार्यान्वयन र मूल्याङ्कनको जिम्मा लिनेछन् । प्रारम्भिक कार्यक्रमहरू साझा स्रोतको प्रयोगबाट सुरु गरिनेछ । दीर्घकालीन योजना तथा ठूला परियोजनाहरूका लागि बाह्य लगानी र सीएसआर खोजिने टीबीसीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
897SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?