हिन्दु नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं आइसक्यो । पछिल्लो समय दशैंमा परिवार रसाथीहरुसंग घुम्न निस्किने प्रचलन बढ्दो छ । दशै र तिहारको बेला अलिक दिन बिदा पनि हुने भएर होला यो समयमा नेपालका पर्यटकीय गन्तव्य भरिभराउ हुन्छन्। धेरैजसोको कहीँ न कहीँ जाने योजना बनेको हुन्छ । अनी तपाइको के छ योजनारु कतै घुम्न जाँदै हुनुहुन्छ भने तपाइँका लागि यी ठाउँहरू उपयुक्त हुन सक्छन् ।
यहाका रमणीय तालहरू र सेती नदी हिमाली छायां तथा झरनाहरू प्रमुख पर्यटकीय स्थल हुन् । फेवातालमा पर्ने माछापुच्छ्रेको छायाँ तथा बेगनासमा गरिने डुङगा सवारी बिर्सिनसक्नुका छन् । साथै अन्नपूर्ण पदयात्रा मार्ग पनि यहीँबाट सुरू हुन्छ ।
पोखरा महानगरपालिकामा बिन्दवासिनी मन्दिर, धर्मशाला बुद्धविहार, मैत्री चैत्य तथा राधाकृष्ण मन्दिर, भद्रकाली मन्दिर, शोभा भगवती मन्दिर, सिद्धेश्वर महादेव, पुष्करेश्वर शिव मन्दिर, राम मन्दिर, केदारेश्वर मन्दिर आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन् भने सेती नदीको गल्छी, चमेरे गुफा, पातले छाँगो महेन्द्र गुफा आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन् ।
१.फेवाताल
फेवाताल कास्की जिल्लामा अवस्थित अत्यन्तै प्रसिद्ध ताल हो । पोखरा उपत्यकामा रहेको यो ताल आन्तरिक तथा वाह्य पर्यटकहरूमाझ लोकप्रीय छ । ‘फेवा’ गाउँको छेउमा रहेकाले यो तालको नाम फेवाताल रहन गएको हो। ‘वैदाम’ गाउँको छेउमा पर्ने हुँदा वैदाम ताल पनि भनिने गरिन्छ। र यसको बीचमा ‘बराही मन्दिर’को अवस्थितिले यसलाई बराह मन्दिरमा पनि चिनाउन सफल भएको छ । यो तालमा माछापुछ्रे र अन्नपूर्ण हिमालको मनोरम दृश्य देख्न सकिन्छ । यी दृश्यहरुले सबैको मनलाई आनन्द र हर्ष प्रदान गर्दछ। घाम झुल्किदा र अस्ताउँदाको दृश्य पनि एकदमै हर्षलाग्दो र मनलाई प्रफुल्लित बनाउने हुन्छ।
२.तालबाराही मन्दिर
तालबाराही मन्दिर पोखरा फेवातालमा अवस्थित प्रसिद्ध मन्दिर हो । फेवातालको बिचमा रहेको यो मन्दिरमा दर्शकको भीड भाड रहन्छ । हिन्दु धर्माबलम्बीको मन्दिर भएता पनि सबै धर्मका व्यक्तिहरु यहाँ प्रवेश पाउँदछन् ।
कास्कीका राजा कुलमण्डन शाहले सर्वप्रथम खरको झुप्रो बनाई मन्दिर स्थापना गरेका थिए । यस मन्दिरको अस्तित्व वि।सं। १६६९ देखि कायम रहिआएको छ । कतै कतै वि.सं. १४४७ देखि अस्तित्वमा रहेको भन्ने अभिलेख पनि पाइन्छ । प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला थियो त्यहीँ मन्दिर स्थापना गरि बाराहीका रुपमा पूजिन थालिएको थियो ।
तालबाराही देवी सन्यासीको भेषमा रातको समय मन्दिर रहेको वरपरको गाउँ पुग्दा अरु कसैले बास दिएनछन् । एउटी बुढी महिलाले मात्रै उनलाई वास दिइछन् साथै रातमा आँफूसँग भएको रोटी खान दिइछन् । जब भोलिपल्ट देवी जान लाग्नुभयो तब देवीले बूढी आमालाई अब यहाँ जलमग्न हुन्छ अन्तै गएर बस्नु भनेको र भोली पल्टै ठूलो बाढी आएर जलमग्न भइ बीच भागको ढिस्को मात्रै बचेको किम्वदन्ती रहेको छ । वि।सं। २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरुपमा मन्दिर निर्माण गरेका हुन् ।
पोखराका विभिन्न ठाउँबाट लेकसाइड जाने गाडीहरु पाइन्छ । लेकसाइडको तालबाराही चोकबाट ५० मिटर भित्र गएपछि साना ठूला डुंगाहरु पाइन्छ र तिनै डुंगामा सयर गर्दै मन्दिर परिक्रमा गर्न सकिन्छ ।
३.गुप्तेश्वर गुफा
४.विन्दवासिनी मन्दिर
५. डेभिस फल्स
सराङकोटबाट पोखराको रमाइलो दृष्यावलोकन गर्न सकिन्छ। सिरसिरे बतास चलिरहने यो ठाँउ प्याराग्लाइडिङका लागि नेपाल मै प्रसिद्ध रहेको छ। सराङकोटबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी, पोखरा उपत्यका र फेवाताल लगायतको दृश्यावलोकन गर्न सकिन्छ।

































