काठमाडौँ – आज कार्तिक महिनाको २० गते मङ्गलवारका दिन जाडो मौसम सुरु भएसँगै दिन छोटिने र रात लम्बिने भएकाले आजदेखि सरकारी कार्यालयहरू अपराह्न ४ बजेसम्म मात्र खुला हुनेछन् ।
जाडो बढेको र दिन छोटो हुने भएकै कारण आजबाट माघ १५ गतेसम्म बिहान १० बजेबाट सुरु भई अपराह्न ४ बजेपछि सरकारी कार्यालय सरकारी कार्यालय गर्मी मौसमको तुलनामा छिट्टै बन्द हुन्छन् । जसकारण बन्द हुने भएका छन् । गर्मी मौषम वा दिन लामो भएको समयमा सरकारी कार्यालयहरू वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि ५ बजेसम्म खोल्नुपर्ने व्यवस्था रहेको छ ।
अब कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने बैंकहरू बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुल्ला हुने भएका छन्। शुक्रवार भने बिहान १० बजेदेखि १ः३० बजेसम्म खुल्ला रहन्छन् । वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुन्छ।


































