National life

दुई दिनको भारी वर्षाले सडकमा करिब साढे चार अर्ब रुपैयाँको क्षति

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२२ असोज २०८२, बुधबार
1.2kShares
दुई दिनको भारी वर्षाले सडकमा करिब साढे चार अर्ब रुपैयाँको क्षति
ncell

काठमाडौं । यही असोज १७ र १८ गतेको भारी वर्षाले सडकमा करिब साढे चार अर्ब रुपैयाँको क्षति गराएको छ । देशभरका ठूला राजमार्गमा मात्रै ४ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको क्षति भएको हो।

वर्षाले कोशी प्रदेशमा सबैभन्दा बढी क्षति पुर्‍याएको छ। सडक डिभिजन कार्यालय इलामका अनुसार जिल्लामा २ अर्ब ३९ करोड रुपैयाँबराबरको सडक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सडक विभागले दिएको जानकारी अनुसार कान्ति राजमार्गमा २५ करोड ४० लाख रुपैयाँको क्षति भएको छ। बीपी राजमार्गको ३ किमी ६०० किमी सडक क्षति भएको छ। गत वर्ष बाढीले बगाएको र पुरानो सडकमा समेत क्षति भएकाले यहाँ यकिन विवरण आएको छैन।

सिन्धुलीतर्फको सडक हेर्ने डिभिजन कार्यालय खाल्टेका अनुसार ८ करोड ४० लाख रुपैयाँको क्षति भएको छ। उता पाल्पा डिभिजन कार्यालय अन्तर्गत ६ करोड २५ लाख रुपैयाँको क्षति भएको अनुमान रहेको छ।

सडक डिभिजन पोखरा अन्तर्गत ५३ करोड रुपैयाँको क्षति भएको छ। हुलाकी राजमार्गमा २० करोड ८५ लाख रुपैयाँको क्षति भएको छ।

सडक डिभिजन धनकुटा अन्तर्गत १४ करोड ६७ लाखबराबरको क्षति भएको छ। सडक डिभिजन चरिकोट अन्तर्गत ३० करोड ५५ लाख रुपैयाँको क्षति भएको छ।

यसैगरी कालिगण्डकी करिडोरमा ८५ करोड १० लाख रुपैयाँको क्षति पुगेको छ । क्षतिको विवरण आउने क्रम जारी रहेको सडक विभागले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?