National life

दुर्गा प्रसाईलाई ‘कात्रो तयार राख्नु’ भन्दै धम्की, एकजना पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ असार २०८०, मङ्गलबार
705Shares
दुर्गा प्रसाईलाई ‘कात्रो तयार राख्नु’ भन्दै धम्की, एकजना पक्राउ
ncell

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई ज्यान मार्ने धम्की दिने व्यक्तिलाई पक्राउ गरेको छ । सीआईबीले व्यवसायी प्रसाईंसँग ३० करोड रुपैयाँको माग गर्दै नदिए ज्यान मार्ने धम्की दिने खोटाङको रावा बेसी गाउँपालिका–१ घर भएका ४२ वर्षीय रमेश गुरुङलाई मंगलबार पक्राउ गरेको हाे ।

प्रहरीका अनुसार गुरुङ दुई वर्षअघि वैदेशिक रोजगारीबाट फर्किएका हुन् । नेपाल आएपछि आर्थिक अभाव भोगेका गुरुङले प्रसाईंसँग पैसा उठाउने योजना बनाएको खुलेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गुरुङले प्रसाईंलाई फोन गरेर ‘३० करोड दिनु नत्र हामीले तेरो हत्याको योजना बनाइसकेका छौँ । कात्रो तयार राख्नु’ भन्दै धम्की दिएका थिए । प्रहरी भन्छ, ‘सुरुमा ३० करोड रुपैयाँबाट सुरु भएको बार्गेनिङ ६ करोड हुँदै अन्तिममा ५ करोडमा टुङ्गिएको थियो ।’

पैसा लिनका लागि गुरुङले फोन गरेर कतार भिसा सेन्टर अगाडि बोलाएका थिए । सीआईबीको टोली पहिले नै त्यहाँ पुगेकाे थियो । गुरुङ आउने बित्तिकै उनलाई समात्न सफल भएकाे प्रहरीले जनाएकाे छ ।

यो समाचार शेयर गर्नुहोस्
705SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?