National life

देउवाको बयान : एआईमार्फत भ्रम फैलाइयो, आक्रमण पनि नियोजित रुपमा भयो

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|११ चैत २०८२, बुधबार
1.1kShares
देउवाको बयान : एआईमार्फत भ्रम फैलाइयो, आक्रमण पनि नियोजित रुपमा भयो
ncell

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएका हिंसात्मक प्रदर्शन तथा आफ्नो बुढानीलकण्ठस्थित निवासमा भएको आक्रमणलाई ‘नियोजित षड्यन्त्र’को संज्ञा दिएका छन्।

जाँचबुझ आयोगसमक्ष दिएको बयानमा देउवाले उक्त घटनाका क्रममा सुरक्षा निकायले परिस्थितिको यथार्थ मूल्यांकन गर्न नसकेको टिप्पणी गरेका छन्। उनका अनुसार भदौ २४ गते बिहान करिब १० बजे प्रदर्शनकारीहरूको एक समूह उनको निजी निवासमा पुगेको थियो, जहाँ उग्र नाराबाजीसँगै झडपको स्थिति सिर्जना भएको थियो।

“सुरक्षाकर्मीले रोक्ने प्रयास गर्दा पनि स्थिति नियन्त्रणमा आउन सकेन, र हामीमाथि हातपातसम्म भयो,” देउवाको बयानमा उल्लेख छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले केही ‘जेन–जी’ युवाहरूले आफूलाई जोगाउन सहयोग गरेको पनि बताएका छन्।

देउवाका अनुसार आक्रमणपछि उनी राति करिब १० बजे मात्र सुरक्षित स्थानमा पुग्न सफल भएका थिए। निवासमा भएको तोडफोड, आगजनी र लुटपाटबारे प्रहरीले मुचुल्का उठाएको भए पनि त्यसपछिको कारबाहीबारे आफूलाई जानकारी नभएको उनले बताए। साथै, निवासमा भेटिएको भनिएको रकमबारे उनले “ठूलो परिमाणमा नभएको” दाबी गरेका छन्।

सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर फैलाइएका विवरणहरू ‘एआई–निर्मित’ र भ्रामक रहेको उनको जिकिर छ। यस्ता सामग्री आफ्नो विरुद्ध नियोजित रूपमा फैलाइएको दाबी गर्दै उनले यसलाई ठूलो षड्यन्त्रको रूपमा चित्रित गरेका छन्। यद्यपि, यस विषयमा आफूले हालसम्म कुनै औपचारिक उजुरी नदिएको उनले स्वीकार गरेका छन्।

देउवाले भदौ २३ गते राति तत्कालीन प्रधानमन्त्रीसँग भेट गरी सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेको र त्यसपछि प्रतिबन्ध हटाइएको पनि जानकारी दिएका छन्। प्रहरी प्रशासनमा राजनीतिक हस्तक्षेप भएको आरोपलाई भने उनले अस्वीकार गरेका छन्। “घटनाको सही आकलन हुन नसकेको हुन सक्छ, तर राजनीतिक हस्तक्षेप भएको भन्नेमा म सहमत छैन,” उनले भने। साथै, आफूबाट कुनै पक्षपातपूर्ण काम नभएको दाबी उनले दोहोर्‍याए।

बयानको अन्त्यतिर देउवाले लोकतान्त्रिक व्यवस्थामा ट्रेड युनियन र विद्यार्थी संगठनहरूको अधिकार सुनिश्चित हुनुपर्ने धारणा राख्दै गैर–राजनीतिक संस्थाहरूमा अनावश्यक राजनीतीकरण नगर्न आग्रह गरेका छन्। उनले हिंसात्मक गतिविधिमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउँदै युवाहरूको भावना सम्बोधन गर्न नीतिगत, कानुनी र संस्थागत सुधार आवश्यक रहेकोमा जोड दिएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?