National life

धितोमा स्वीकार गरेको सेयरहरु बेच्न कडाई,यस्तो छ नयाँ ब्यबस्था

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ असोज २०८१, मङ्गलबार
679Shares
धितोमा स्वीकार गरेको सेयरहरु बेच्न कडाई,यस्तो छ नयाँ ब्यबस्था
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुले धितोमा स्वीकार गरेको सेयरहरु बेच्न कडाई गरेको छ । अब बैंकहरुले सेयर धितो कर्जा सम्बन्धी प्रडक्ट पेपरमै उल्लेख गरेपछि मात्रै धितोको सेयर बेच्न पाउनेछन् । हालसम्म ‘सेयरको बजार मूल्यमा हुने परिवर्तनको कारणले शेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सोको मूल्य अनुगमन गरी थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नु पर्नेछ । मार्जिन कल गर्दा उक्त सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस शेयरहरु सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको सेयर संख्यामा गणना गर्न सकिनेछ ।’ भन्ने व्यवस्था थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अब भने ‘सेयरको बजार मूल्यमा हुने परिवर्तनको कारणले शेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सोको मूल्य अनुगमन गरी थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नु पर्नेछ । इजाजतपत्रप्राप्त संस्थाले मार्जिन कल गर्ने तथा थप सुरक्षण नराखेमा सेयर विक्री गरी असुलउपर गर्ने सम्बन्धी व्यवस्था स्पष्ट रुपमा सम्बन्धित प्रोडक्ट पेपरमा उल्लेख गर्नुपर्नेछ । मार्जिन कल गर्दा उक्त सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस शेयरहरु सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको सेयर संख्यामा गणना गर्न सकिनेछ ।’ भन्ने व्यवस्था अघि सारिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
679SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?