National life

निजामती सेवाभित्र रहेका समस्याको उचित समाधान खोज्नुपर्ने आवश्यकता छ : मुख्यसचिव अर्याल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ भदौ २०८०, शुक्रबार
602Shares
निजामती सेवाभित्र रहेका समस्याको उचित समाधान खोज्नुपर्ने आवश्यकता छ : मुख्यसचिव अर्याल
ncell

काठमाडौँ । सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्यालले मुलुकको प्रशासन यन्त्रलाई सक्षम, गतिशील र परिणाममुखी बनाउन निजामती सेवाभित्र रहेका समस्याको उचित समाधान खोज्नुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रवार सिंहदरबारमा २० औँ निजामती सेवा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।

निजामती कर्मचारी भित्रका सोच, शैली र तौर तरिकामा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले एकात्मक ढाँचाको प्रशासन यन्त्रलाई संघीय शासन व्यवस्था अनुकूल हुनेगरी रूपान्तरण गर्न निजामती कर्मचारी भित्रका सोच, शैली र तौर तरिकामा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले नागरिकले अपेक्षा गरेअनुरूप आफूलाई गतिशील र प्रभावकारी बनाइ कानुनको कार्यान्वयन, नागरिकमैत्री सेवाप्रवाह, सदाचार र निष्ठासहित २१ औँ शताब्दीको सार्वजनिक प्रशासनका आदर्श, मूल्यमान्यतामा आफूलाई खरो उतार्नुपर्ने चुनौती निजामती कर्मचारीसामु रहेको पनि बताए ।

उनले भने, ‘सरकारका नीति तथा कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्दै आम नागरिकलाई सरल, सहज र सुव्यवस्थित तवरले सेवा प्रदान गर्नु निजामती कर्मचारीको मुख्य जिम्मेवारी हो । आम नागरिकले अपेक्षा गरेअनुरूप आफूलाई गतिशील र प्रभावकारी बनाइ कानुनको कार्यान्वयन, नागरिकमैत्री सेवाप्रवाह, सदाचार र निष्ठासहित २१ औँ शताब्दीको सार्वजनिक प्रशासनका आदर्श, मूल्यमान्यतामा आफूलाई खरो उतार्नुपर्ने चुनौती हामीसामु छ ।’

उनले संविधान बमोजिम संघीय इकाइबीच प्रशासनिक समन्वय कायम गर्दै सार्वजनिक प्रशासनलाई सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त बनाउँदै नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी सुशासनको प्रत्याभूति दिलाउनु प्राथमिक अभिभारा भएकाे पनि बताए ।

 

यो समाचार शेयर गर्नुहोस्
602SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?