National life

निजी क्षेत्रमा ‘भय र त्रास’ सिर्जना गर्‍यो सरकार : रामकुमारी झाँक्री

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|३१ वैशाख २०८३, बिहिबार
1.4kShares
निजी क्षेत्रमा ‘भय र त्रास’ सिर्जना गर्‍यो सरकार : रामकुमारी झाँक्री
ncell

काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारले निजी क्षेत्रलाई सहयोगी वातावरण दिनुको सट्टा त्रास र असुरक्षाको माहोल सिर्जना गरिरहेको आरोप लगाएकी छन्।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले निजी क्षेत्रसँग व्यवहार गर्दा ‘पहिले कारबाही, पछि सुनुवाइ’ गर्ने प्रवृत्ति देखिएको बताइन्। यस्तो शैलीले उद्यमीहरूमा असहजता र अनिश्चितता बढाएको उनको भनाइ छ।

झाँक्रीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि नयाँपन नभई पुरानै कार्यक्रमहरूको निरन्तरता जस्तो देखिएको टिप्पणी गरिन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जनताबाट प्राप्त ठूलो जनादेशलाई प्रभावकारी रूपमा उपयोग गर्न नसकेको उनको आरोप छ।

उनले विकास र सुधारका लागि स्पष्ट नयाँ दिशा आवश्यक रहेको उल्लेख गर्दै परम्परागत सोचले परिवर्तनको अपेक्षा पूरा गर्न नसक्ने बताइन्।

त्यस्तै, सरकारले सुशासन र सेवा प्रवाहमा जोड दिएको दाबी गरे पनि नागरिकता, राहदानी वा जग्गाधनी प्रमाणपत्र वितरण मात्रै वास्तविक उपलब्धि नहुने उनले स्पष्ट पारिन्।

सांसद झाँक्रीले सबै नागरिकका मौलिक हक तथा मानव अधिकार सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने आवश्यकता औंल्याएकी छन्।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?