National life

‘निराशाजनक टिप्पणी नगर्नुहोस्’ भन्दै अर्थमन्त्रीलाई नेकपा नेता पाण्डेको सुझाव

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१० जेठ २०८३, आइतबार
1.2kShares
‘निराशाजनक टिप्पणी नगर्नुहोस्’ भन्दै अर्थमन्त्रीलाई नेकपा नेता पाण्डेको सुझाव
ncell

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गत विकास, आर्थिक तथा सुशासन समितिको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुढीगण्डकी जलविद्युत् आयोजनाको लागत र कार्यान्वयनबारे दिएको अभिव्यक्तिप्रति पूर्वमुख्यमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले कडा असन्तुष्टि जनाएका छन् ।

पाण्डेले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अर्थमन्त्रीजस्तो जिम्मेवार पदबाट आएको टिप्पणीले जनतामा नकारात्मक सन्देश जाने भन्दै आपत्ति जनाएका हुन्। उनले मन्त्री वाग्लेले प्रतिमेगावाट लागतलाई आधार बनाएर आयोजनालाई सामान्य जलविद्युत् परियोजनासरह मूल्यांकन गरेको दाबी गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनका अनुसार बुढीगण्डकी जलाशययुक्त आयोजना निर्माण गर्ने निर्णय करिब नौ वर्षअघि नै भइसकेको हो। त्यसयता गोरखा र धादिङका २७ गाविसका करिब ५३ हजार रोपनी जमिन अधिग्रहण भइसकेको र मुआब्जा वितरणमा ४३ अर्बभन्दा बढी खर्च भएको उनले उल्लेख गरेका छन् ।

पाण्डेले बुढीगण्डकीलाई केवल विद्युत उत्पादन परियोजनाका रूपमा मात्र नभई बहुउद्देश्यीय राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिनुपर्ने बताए। उनका अनुसार आयोजना बनेपछि करिब ४२ किलोमिटर लामो जलाशय बन्ने, जल यातायात सञ्चालन हुने, मत्स्यपालन र पर्यटन विकासमा ठूलो सम्भावना खुल्नेछ ।

त्यसैगरी जलाशय वरिपरि करिब ३०० किलोमिटर रिङरोड विकास हुने तथा होटल र रिसोर्टजस्ता संरचनाले स्थानीय पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने उनको भनाइ छ ।

पूर्व सांसदसमेत रहेका पाण्डेले काठमाडौँ र सिउरेनीटारमा फिल्ड कार्यालय सञ्चालनमै रहेको अवस्थामा आयोजना ओझेलमा पार्ने कुनै पनि प्रयास नगर्न चेतावनी दिएका छन्। उनले अर्थमन्त्रीलाई निराशाजनक अभिव्यक्ति नदिन र आयोजनाका लागि आवश्यक स्रोत व्यवस्थापनतर्फ ध्यान दिन सुझाव समेत दिएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?