National life

नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा ४ अर्ब ५४ करोड, जगेडा कोषमा झन्डै ३१ अर्ब

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ वैशाख २०८२, आइतबार
633Shares
नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा ४ अर्ब ५४ करोड, जगेडा कोषमा झन्डै ३१ अर्ब
ncell

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढाएको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ४ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.६१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

Royal Enfield
nic asia capital

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.५० प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३३.२४ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १.६५ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २२.२६ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब ४ करोडबाट घटेर १ अर्ब १९ करोडमा सीमित भएको छ।

पनि बढेको छ।

समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी बढेर ४ रुपैयाँ ९४ पैसा बढेर १७ रुपैयाँ ७४ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य आम्दानी १ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.९२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ पैसा रहेको छ।

३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३० अर्ब ८४ करोड ९४ लाख रुपैयाँ सञ्चित छ। बैंकको तेस्रो त्रैमासको अन्त्यसम्ममा ४ खर्ब ५५ अर्ब ८९ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २७ अर्ब ८२ करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
633SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?