National life

प्रभु बैंकको खुद नाफा १ अर्ब ८१ करोड, अन्य सूचक कस्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ वैशाख २०८१, शुक्रबार
596Shares
प्रभु बैंकको खुद नाफा १ अर्ब ८१ करोड, अन्य सूचक कस्ता ?
ncell

काठमाडौँ । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले यस अवधिमा १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत आवको सोहि अवधिका्े तुलनामा ७.२७ प्रतिशतले कम हो ।

Royal Enfield
nic asia capital
अघिल्लो आवको तेस्रो त्रौमाससम्म बैंकले १ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले २ अर्ब २६ करोड १८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.६० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.६७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ६०.९० प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १९.१४ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा बढेपनि खुद नाफा भने घटेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ५ करोड मात्र नाफा कमाएको छ।

यस अवधिमा बैंकको जगेडा कोषमा ९ अर्ब ६२ करोड रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकले ३ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७४ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ४ अर्ब २० करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा २१ रुपैयाँ ३८ पैसा ऋणात्मक रहेको छ।

समिक्षा अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २५.७३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ५२ पैसा रहेको छ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३ रुपेयाँ ९० पैसा घटेर ५ रुपैयाँ ३५ पैसामा सीमित भएको छ।

यो समाचार शेयर गर्नुहोस्
596SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?