National life
cg eloctronics

ग्लोबल आइएमई बैंकको नाफा २४% बढ्यो, लाभांश क्षमता १७.७५%

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२६ दिन अगाडि|१५ कात्तिक २०८३, आइतबार
10.5kShares
ग्लोबल आइएमई बैंकको नाफा २४% बढ्यो, लाभांश क्षमता १७.७५%
muktinatha bikash bank

काठमाडौं । ग्लोलब आइएमई बैंकको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा २४.४८ प्रतिशत बढेर २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकले १ अर्ब ८५ करोड ८६ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब १९ करोड ३२ लाख ५४ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब १३ करोड ३० लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

असोजसम्ममा बैंकको निक्षेप संकलन ३.११ प्रतिशत बढेर ६ खर्ब ९० अर्ब रुपैयाँ र कर्जा प्रवाह ७.४८ प्रतिशत बढेर ४ खर्ब ७१ अर्ब ९६ करोड ४९ लाख रुपैयाँ गरेको छ । गत वर्षको असोजसम्ममा बैंकले ६ खर्ब ६९ अर्ब १७ करोड १४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३९ अर्ब ८ करोड ८५ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

everest bank

चालु आवको असोजसम्ममा बैंकले १ अर्ब २२ करोड १२ लाख ९० हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ६ अर्ब ८ लाख ६४ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र ३ अर्ब २२ करोड २५ लाख २९ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ७ करोड २ लाख २० हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १७.७५ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ७०.११ प्रतिशत रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १९.५१ रुपैयाँबाट बढेर २३.३५ रुपैयाँ पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १७५.७७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १०.८८ गुणा रहेको छ ।

चालु आवको असोजसम्ममा बैंकले खराब कर्जा (एनपीएल) घटाएको छ । गत वर्षको असोजमा ४.९८ प्रतिशत रहेको खराब कर्जा चालु आवको असोजमा घटेर ४.७९ प्रतिशतमा झारेको छ ।

यो समाचार शेयर गर्नुहोस्
10.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?