National life

ग्लोबल आइएमई बैंकको नाफा ३७.१२ प्रतिशतले बढ्यो ,अन्य सूचक कस्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ वैशाख २०८२, आइतबार
544Shares
ग्लोबल आइएमई बैंकको नाफा ३७.१२ प्रतिशतले बढ्यो ,अन्य सूचक कस्ता ?
ncell

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई बैंकले ४ अर्ब ५३ करोड ४० लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ३७.१२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

Royal Enfield
nic asia capital

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.४६ प्रतिशतले घटेर १२ अर्ब ३१ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी घट्दा पनि इम्पेयरमेन्ट र्चाजमा गिरावट आउदा यस बैंकको खुद नाफा बढेको हो । सञ्चालन नाफा ३४.४१ प्रतिशतले बढेर ६ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । बैंकको तेस्रो त्रैमासको अन्त्यसम्ममा ५ खर्ब १७ अर्ब ६६ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १३ अर्ब २८ करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६६ पैसा बढेर १५ रुपैयाँ ८६ पैसा पुगेको छ। बैंकको वितरणयोग्य आम्दानी ३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.७९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ४७ पैसा रहेको छ।

३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २८ अर्ब २० लाख रुपैयाँ सञ्चित छ।

 

यो समाचार शेयर गर्नुहोस्
544SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?