National life

नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउन अध्यक्ष ढकालको जोड

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०९ फागुन २०८२, शनिबार
1KShares
नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउन अध्यक्ष ढकालको जोड
ncell

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज एवं परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको ‘दोस्रो इन्डो–नेपाल व्यापार महोत्सव २०२६’ लाई शुक्रबार सम्बोधन गर्दै उहाँले नेपाल–भारतबीच सहज भन्सार प्रक्रिया, मापदण्ड समन्वय, डिजिटल व्यापार प्रणाली सुदृढीकरण तथा साना–मझौला उद्योगलाई वित्तीय पहुँच र प्रविधि हस्तान्तरणमा सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ढकालले भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार र प्रमुख लगानीस्रोत रहेको उल्लेख गर्दै खुला सीमा, सांस्कृतिक निकटता र जनस्तरको सम्बन्धले दुई देशबीचको साझेदारीलाई विशिष्ट बनाएको धारणा राख्नुभएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उहाँले विश्व अर्थतन्त्रमा अनिश्चितता र आपूर्ति शृङ्खलामा अवरोध उत्पन्न भइरहेको उल्लेख गर्दै यस्तो अवस्थामा छिमेकी राष्ट्रबीचको सुदृढ सहकार्य महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भारतले हालै प्रस्तुत गरेको केन्द्रीय बजेटले पूर्वाधार, ‘डिजिटल कनेक्टिभिटी’, हरित ऊर्जा तथा साना–मझौला उद्योग प्रवद्र्धनमा दिएको प्राथमिकताले नेपालका लागिसमेत नयाँ अवसर सिर्जना गर्ने उहाँको धारणा थियो ।

अध्यक्ष ढकालले नेपाल जलविद्युत्मा समृद्ध रहेको र भारततर्फ विद्युत् निर्यात सुरु भइसकेको जानकारी दिँदै उपयुक्त प्रसारण लाइन र नीतिगत स्थायित्व भएमा नेपाल भारतको विश्वासिलो हरित ऊर्जा साझेदार बन्न सक्ने बताउनुभयो ।

यस्तै, उहाँले पर्यटन क्षेत्रमा नेपालले प्राकृतिक सौन्दर्य, साहसिक तथा आध्यात्मिक गन्तव्यहरू प्रस्तुत गरेको उल्लेख गर्दै होटल, रिसोर्ट तथा केबलकार परियोजनाहरूमा लगानीको अवसर विस्तार भइरहेको जानकारी पनि गराउनुभयो ।

अध्यक्ष ढकालले भन्नुभयो, “नेपालमा ऊर्जा, पर्यटन औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सीमापार लजिस्टिक्स, कृषि प्रशोधन, औषधि उद्योग, शिक्षा र स्वास्थ्य सेवामा प्रशस्त सम्भावना रहेको छ । यस्ता क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्ताहरुलाई आग्रह गर्दछु ।”

नेपालको निजी क्षेत्रले सधैँ राजनीतिक स्थायित्व र आर्थिक अनुशासनको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै उहाँले दीर्घकालीन रुपमा लगानीकर्ताको विश्वास कायम गर्ने पक्षमा नेपालमा नीतिगत सुधारहरु भइरहेको पनि उल्लेख गर्नुभयो ।

उहाँले इन्डो–नेपाल व्यापार महोत्सव केवल औपचारिक कार्यक्रम नभई सद्भावनालाई व्यावसायिक साझेदारीमा रूपान्तरण गर्ने मञ्च भएको उल्लेख गर्दै अध्यक्ष ढकालले हरित ऊर्जा, डिजिटल सेवा, पर्यटन र उत्पादन क्षेत्रमा ठोस सहकार्य अघि बढाउन भारतीय उद्योगी व्यवसायी एवं लगानीकर्ताहरुलाई आह्वान पनि गर्नुभयो ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?