National life

नेपालको नयाँ चुच्चे नक्सा नसमेटेपछि मेयर बालेनले गरे चीन भ्रमण रद्द

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ भदौ २०८०, बिहिबार
484Shares
नेपालको नयाँ चुच्चे नक्सा नसमेटेपछि मेयर बालेनले गरे चीन भ्रमण रद्द
ncell

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले चीन भ्रमण रद्ध गरेका छन् । हालै चीनले प्रकाशन गरेको नक्सामा नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई भारतको देखाएर चीनले आफ्नो देशको नक्सा प्रकाशन गरेपछि महानगर प्रमुख शाहले ५ दिने चीन भ्रमण रद्ध गरेका हुन् ।

बिहिबार सामाजिक सञ्जालबाट उनले यसअघिदेखि नै तय भएको चीन भ्रमण नैतिकका आधारमा रद्ध गरेको बताएका छन् ।

मेयर शाहले फेसबुकमा लेखेका छन्– ‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौं ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’

balen

यो समाचार शेयर गर्नुहोस्
484SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?