National life

नेपालमा पहिलो पटक काठमाडौँ जिल्ला अदालतबाट सुरु भयो पारिवारिक इजलास

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२२ असोज २०८०, सोमबार
732Shares
नेपालमा पहिलो पटक काठमाडौँ जिल्ला अदालतबाट सुरु भयो पारिवारिक इजलास
ncell

काठमाडौँ । नेपालमा पहिलो पटक पारिवारिक इजलास सुरु भएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतबाट पारिवारिक इजलास सेवा सुरु गरिएको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक इजलास सेवा उदघाटन गरेका हुन् । उनले प्रधानन्यायाधीशका रुपमा सिफारिस भएलगत्तै संसदीय सुनुवाइ समितिमा आफ्ना भावी कार्ययोजना प्रस्ताव गर्दै पारिवारिक इजलास स्थापनाको लक्ष्य सुनाएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

महिला, घरेलु हिंसा र बालबालिका भएको मुद्दा हेर्न पारिवारिक अदालत (फेमिली कोर्ट) स्थापना गर्ने कार्ययोजना उनले प्रस्तुत गरेका थिए ।

सोही अनुसार महिलावादी भएका अंश मुद्दा, नाता कायम, घरेलु हिंसा, बालबालिकाको सरोकार रहेका देवानी मुद्दा हेर्ने गरी छुट्टै इजलास गठन भएको हो ।

महिलाले अंश पाउन धेरै समय कुर्नुपर्ने, लामो समय लाग्ने भएकाले डेडिकेटेड इजलास गठन गरिएको हो ।

ktmc-ourt

यो समाचार शेयर गर्नुहोस्
732SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?