National life

पोखरामा शहरी सौन्दर्यीकरण, पृथ्वी राजमार्ग आसपासका अव्यवस्थित संरचना हटाउँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०५ जेठ २०८३, मङ्गलबार
1.1kShares
पोखरामा शहरी सौन्दर्यीकरण, पृथ्वी राजमार्ग आसपासका अव्यवस्थित संरचना हटाउँदै
ncell

कास्की । पोखरा महानगरपालिका–१२ स्थित अमरसिंह माध्यमिक विद्यालयको खेलमैदान नजिक, पृथ्वी राजमार्गसँग जोडिएको क्षेत्रमा रहेका अस्थायी व्यावसायिक सटरहरू हटाइएको छ ।

शहरी सौन्दर्यीकरण अभियान अन्तर्गत महानगरपालिका, विद्यालय प्रशासन र स्थानीय व्यवसायीबीच सहमति भएपछि कुल ५१ वटा सटर हटाइएको हो ।

महानगरपालिकाका अनुसार टिनका टहरामा सञ्चालन हुँदै आएका व्यवसायलाई हटाउन व्यवसायीलाई जेठ ४ गतेसम्मको समय दिइएको थियो । सो अवधिभित्र व्यवसायीहरूले आफ्ना सामग्री सुरक्षित रूपमा सारिसकेपछि संरचना खाली गरिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसपछि महानगरपालिकाले जेसिबी प्रयोग गरेर बाँकी संरचना हटाएको जनाएको छ ।

विद्यालयसँग समन्वय गरी व्यवसायीहरू स्वयं सटर हटाउन सहमत भएपछि अभियान सहज रूपमा सम्पन्न भएको बताइएको छ ।

अमरसिंह क्षेत्र पोखराको प्रमुख प्रवेशद्वारका रूपमा रहेको र अव्यवस्थित टहराहरूका कारण सौन्दर्यमा असर परेको भन्दै महानगरपालिकाले उक्त संरचना हटाउने निर्णय गरेको हो ।

महानगर प्रमुख धनराज आचार्यले व्यवसायीहरूको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै शहरी व्यवस्थापन र सौन्दर्यीकरणलाई निरन्तरता दिने बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?