National life

प्रभु महालक्ष्मी इन्सुरेन्सको नाफामा ३८.७५ प्रतिशतले वृद्धि, खुद बिमा शुल्क कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ वैशाख २०८१, बिहिबार
740Shares
प्रभु महालक्ष्मी इन्सुरेन्सको नाफामा ३८.७५ प्रतिशतले वृद्धि, खुद बिमा शुल्क कति ?
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको समयावधिमा प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको खुद नाफामा ३८.७५ प्रतिशतले बढेर २६ करोड ८९ लाख २० हजार रुपैयाँ पुगेको छ।

कम्पनीले अघिल्लो वर्षको सोही समयावधिमा १९ करोड ३८ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद बिमा शुल्क आर्जन र लगानी तथा कर्जाबाट हुने आम्दानी बढेसँगै खुद नाफामा समेत वृद्धि भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

खुद बिमा शुल्क आर्जन १०२.८४ प्रतिशतले बढेर २ अर्ब ९६ करोड ४० लाख १७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यसै अवधिमा यसले १ अर्ब ४६ करोड १२ लाख ७६ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो।

यता, लगानी तथा कर्जाबाट हुने आम्दानी १२४.७८ प्रतिशतले बढेर ८४ करोड १७ लाख २९ हजार रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

यो समाचार शेयर गर्नुहोस्
740SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?