National life

बाढी पहिरोको दाबी भुक्तानीमा बीमा कम्पनीहरूको ढिलासुस्ती , १० अर्ब बढीको भुक्तानी गर्न बाँकी, कसको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ माघ २०८१, शुक्रबार
936Shares
बाढी पहिरोको दाबी भुक्तानीमा बीमा कम्पनीहरूको ढिलासुस्ती , १० अर्ब बढीको भुक्तानी गर्न बाँकी, कसको कति ?
ncell

काठमाडौँ । गत असोजको दोस्रो हप्ताबाट परेको अविरल वर्षासँगै आएको बाढी पहिरोबाट देशका विभिन्न स्थानमा ठुलो क्षति भएको थियो। सोही बाढी पहिरोका कारण भएको क्षतिलाई मध्यनजर गर्दै नेपाल बीमा प्राधिकरणले बीमकहरुलाई तत्काल बीमा दाबी भुक्तानी गर्न निर्देशन दिएको थियो।

तथापि बीमकहरुबाट भने दाबी भुक्तानी प्रक्रियामा ढिला सुस्ती देखिएको छ । उक्त बाढी पहिरोको कारण भएको क्षतिको बिमा कम्पनीहरूले झण्डै १० अर्ब रुपैयाँ बिमा दाबी भुक्तानी गर्न बाँकी छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्राधिकरणका अनुसार बीमा कम्पनीहरुमा १२ अर्ब ७८ करोड २४ लाख ६४ हजार रुपैयाँ बराबरको बिमा दाबी परेको थियो । जसमध्ये बिमा कम्पनीहरूले माघ २३ गतेसम्म २ अर्ब ५० करोड २० लाख ३४ हजार रुपैयाँ मात्र भुक्तानी गरेका छन् । भने ९ अर्ब ८७ करोड ९९ लाख ४२ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले उल्लेख गरेको छ ।

नेपाल बिमा प्राधिकरणका अनुसार बाढी पहिरोको कारण क्षति भएका मध्येमा कुल ३ हजार ७ सय २० वटा दाबीको आवेदन परेको छ। त्यस मध्यमा हालसम्म २ हजार २ सय ४९ वटा दाबीको भुक्तानी भएको छ भने १ हजार ५ सय ३० दाबीको भुक्तानी हुन बाँकी रहेको छ । प्राधिकरणले सार्वजनिक गरेको एक तथ्यांक अनुसार १४ निर्जीवन बिमा कम्पनी र ४ वटा लघु निर्जीवन बिमा कम्पनी सहित कूल १८ वटा निर्जीवन बीमा कम्पनीले हालसम्म २ अर्ब ५० करोड २० लाख ३४ हजार रुपैयाँ दाबी भुक्तानी दिएका छन्। बाढी पहिरोले पुर्याएकोे क्षतिमा परेको बिमा दाबीमध्ये हालसम्म बिमा कम्पनीहरूले १९.५७ प्रतिशत मात्र भुक्तानी गरेको तथ्यांकमा उल्लेख छ ।

यस अवधिसम्म सबैभन्दा धेरै शिखर इन्सुरेन्सले ४४ करोड ४७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । शिखरमा १ अर्ब १४ करोड ५९ लाख रुपैयाँ दाबी पेश भएको थियो । त्यस्तै, सिद्धार्थ प्रिमियरमा २ अर्ब ६३ करोड ७५ लाख रुपैयाँ दाबी परेकोमा ५२ करोड ५४ लाख भुक्तानी दिएको छ ।

समीक्षा अवधिसम्म नेको इन्सुरेन्सले १८ करोड ४१ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्सुरेन्सले ३५ करोड ३७ लाख, हिमालयन एभरेष्टले १५ करोड ८४ लाख, आइजीआई प्रुडेन्सियलले २० करोड ९१ लाख, सानिमा जीआइसीले १७ करोड ९७ लाख र नेपाल इन्सुरेन्सले ४ करोड १८ लाख रुपैयाँ दाबी भुक्तानी दिएका छन् । राष्ट्रिय जीवन बिमा कम्पनीले ९ लाख ६५ हजार दाबी भुक्तानी गरेको छ  ।

साथै, सिद्धार्थ प्रिमियर इन्सुरेन्सले १ अर्ब ८८ करोड ५७ लाख, दि ओरिन्टियल इन्सुरेन्सले १ अर्ब ३१ करोड ४७ लाख, सगरमाथा लुम्बिनीले १ अर्ब १ करोड ३५ लाख, शिखर इन्सुरेन्सले ७० करोड १२ लाख, सानिमा जीआइसी इन्सुरेन्सले ७१ करोड ८४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले उल्लेख गरेको छ । यस्तै, हिमालयन एभरेष्टले ७२ करोड ९४ लाख, एनएलजीले ७७ करोड १८ लाख, नेकोले ७६ करोड ४५ लाख, युनाइटेड अजोड ४९ करोड ९१ लाख, नेसनलले ४४ करोड ५६ लाख, आइजीआई प्रुडियन्सीयलले २० करोड ४३ लाख तथा नेपाल इन्सुरेन्सले ३५ करोड १४ लाख , प्रभुले २६ करोड ९५ लाख, राष्ट्रिय बिमा कम्पनीले २० करोड ६८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

यो समाचार शेयर गर्नुहोस्
936SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?