National life

भिसिटीएस प्रणालीमा दर्ता नगरी समान ओसार पसार गरे राजस्व अनुसन्धान विभागले कारवाही गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१९ असार २०८०, मङ्गलबार
1.1kShares
भिसिटीएस प्रणालीमा दर्ता नगरी समान ओसार पसार गरे राजस्व अनुसन्धान विभागले कारवाही गर्ने
ncell

काठमाडौ । राजस्व अनुसन्धान विभागले भिसिटीएस प्रणालीमा दर्ता नगरी समान ओसार पसार गरे प्रचलित कानून बमोजिम कारवाही गर्ने भएकाे छ । विभागले व्यावसायिक प्रयोजनका मालवस्तु तथा ढुवानीका साधनलाई भेहिकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भिसिटीएस) मा दर्ता गरेर मात्रै सामान ओसार पसार गर्न ताकेता गरेको हाे ।

विभागका अनुसार भिसिटीएस अनुगमन प्रणालीको सफ्ट्वेयर तयार गरी २०७६ साउन १ गतेबाट संचालनमा रहेको छ ।

एक स्थानबाट अर्को स्थानसम्म व्यावसायिक प्रयोजनका मालवस्तु ढुवानी गर्दा भन्सार विन्दुबाट आयात भएको मालवस्तुको हकमा प्रज्ञापनपत्र र स्थानिय मालवस्तुको ढुवानी भएको मालवस्तुको विलबिजक र मौज्दात स्थानान्तरणको हकमा चलान संलग्न गरी भिसिटीएसमा अनिवार्य रुपमा प्रविष्ट गरेर मात्र सामान ओसार पसार गर्न ताकेता गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै विभागले भिसिटीएस प्रणालीमा दर्ता नगरी समान ओसार पसार गरे प्रचलित कानून बमोजिम कारवाही गर्ने पनि जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?