National life

भीआईपीहरुलाई मापदण्डविपरीत दिएको सुविधा फिर्ता गर्न संसदीय समितिकाे निर्देशन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०४ असोज २०८०, बिहिबार
715Shares
भीआईपीहरुलाई मापदण्डविपरीत दिएको सुविधा फिर्ता गर्न संसदीय समितिकाे निर्देशन
ncell

काठमाडौँ । संसदीय समितिले भीआईपीहरुलाई मापदण्डविपरीत दिएको सुविधा १५ दिनभित्र फिर्ता गर्न निर्देशन दिएकाे छ । संसदीय समितिले भीभीआइपी तथा भीआइपीहरुलाई मापदण्डविपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हाे ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले साे निर्देशन दिएको हाे ।

समितिले उनीहरुलाई फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन र समितिलाई जानकारी गराउन पनि अनुरोध गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसैगरी सरकारका मन्त्री तथा पदाधिकारीहरूले नियमानुसार पाउनेभन्दा बढी सवारी साधनहरू प्रयोग गरेको भए सो पनि फिर्ता गर्न निर्देशन दिइएको छ ।

त्यसैगरी समितिले सरकारले अत्यावश्यक सेवाका कार्यालयहरू सार्वजनिक बिदाको दिनमा पनि खोल्ने निर्णय गरेकोमा कार्यान्वयनमा प्रभावकारिता नभएकाले सो निर्णय कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
715SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?